site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेमा तीन तहको स्कुल चलाइँदै : नेता कार्यकर्तालाई के पढाइँदै छ ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले पार्टीका नेता तथा कार्यकर्ताका लागि तीन तहको स्कुल चलाउने भएको छ । यसअघि विभिन्न रूपमा प्रशिक्षण सञ्चालन भए पनि केन्द्रीय तहबाट नै कक्षा सञ्चालन गर्ने तयारी भएको हो । 

पार्टीको केन्द्रीय स्कुल विभागले आधारभूत, माध्यामिक र उच्च गरी तीन तहको पाठ्यक्रम तयार गरेको छ । 

गएको वैशाख २८–३० गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले पार्टीको प्रशिक्षणलाई वैचारिक र राजनीतिक प्रशिक्षणलाई योजनाबद्ध रूपमा अघि बढाउने निर्णय गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, केन्द्रीय स्कुल विभागलाई पाठ्यक्रम, पाठ्यसामग्री र प्रशिक्षक तयार पार्न जिम्मेवारी तोकेको थियो । 

पार्टीका उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार अब नियमित रूपमा प्रशिक्षण हुने छ ।

Global Ime bank

“सामान्यतया विभिन्न ढंगमा प्रशिक्षण त चलिरहेकै हुन्छ । तर, अब तह छुट्याएर विषयवस्तुमा आधारित भएर नियमित स्कुल चलाउनुपर्छ भन्ने निर्णय भएको छ,” ज्ञवालीले बाह्रखरीसँग भने, “त्यसको आवश्यक तयारी स्कुल विभागले गरिरहेको छ ।”

स्कुल चलाउने जिम्मेवारी पार्टी स्कुल विभागको हो । पार्टीको दशौँ केन्द्रीय महाधिवेशनपछि विभाग प्रमुखको जिम्मेवारीमा उपमहासचिव प्रदीप कुमार ज्ञवाली छन् ।

स्कुल विभागले विभिन्न ढंगमा प्रशिक्षण दिँदै आएको छ । विभागकी सचिव पेम्बा लामाले यसअघि जनसंठनको नेतृत्वलाई प्रशिक्षण दिइएको जानकारी दिइन् । 

उनका अनुसार आठवटा समूहलाई प्रशिक्षण दिइसकिएको छ । जनसंगठनको नेतृत्वलाई नै भएकाले फरक ढंगले चलाएको उनको भनाइ छ ।

“नेतृत्वलाई नै भएर फरक तरिकाले कक्षा चलाएका थियौँ । मार्क्सवाद, जनताको बहुदलीय जनवाद, वैदेशिक सम्बन्ध, आन्तिरक संगठन व्यवस्थापन, लेखा व्यवस्थापन सम्बन्धित संगठनको विषयमा तीन दिन लगातार प्रशिक्षण भयो,” उनले बाह्रखरीसँग भनिन् ।

एमालेले स्कुल चलाउने क्रममा टेस्टदेखि सर्टिफिकेटसम्म दिने गरेको छ । “हामीले प्रि–टेस्टदेखि पोस्ट टेस्टसम्म गर्छौं । सहभागीहरूको प्रेजेन्टेसन पनि हुन्छ । सर्टिफाइड गर्ने पुरानै चलन हो,” लामाको भनाइ छ ।  

अब भने प्रदेश र जिल्ला तहमा पनि नियमित रूपमा स्कुल चलाउने तयारी एमालेको छ । एमालेले केही अघि जिल्ला र प्रदेशका विभाग प्रमुखको कार्यशालामा सञ्चालन गरेको थियो । जिल्ला जिल्लमा पनि कक्षा सञ्चालनका लागि तयारी भइरहेको बताइएको छ । 

कुन तह कसका लागि ? 

आधारभूत तह 
पाठ्यक्रम अनुसार आधारभूत तहको कक्षा नवप्रवेशीदेखि पालिका कमिटीलगायतका नेता कार्यकर्ताका लागि निर्धारण गरिएको छ । 

जसमा पालिका कमिटी सदस्य, वडा/शाखा कमिटीका पदाधिकारी र सदस्य, टोल र प्रारम्भिक कमिटीका सदस्य, जनवर्गीय संगठनका जिल्ला पदाधिकार तथा सदस्य, पार्टीमा समाहित भएका नयाँ कार्यकतालाई प्रशिक्षण दिइने छ । 

received_2646631894010841685628114.jpeg

आधारभूत तहको पाठ्यक्रममा समाज, सामन्तवाद, पुँजीवाद, जनवाद, समाजवाद, नवउदारवाद लगायत शब्दहरूको परिचय राखिएको छ । समाज, राज्य कम्युनिस्ट पार्टीबारे प्रारम्भिक जानकारी दिनेसहित ९ बुँदे उद्देश्य पाठ्यक्रममा समावेश छ । 

माध्यामिक तह
माध्यामिक तहमा स्थानीय तहमा निर्वाचित वडा अध्यक्षदेखि पार्टीका जिल्ला कमिटीका पदाधिकारीलाई प्रशिक्षण दिइने छ । 

जसमा जिल्ला कमिटीका पदाधिकारी  र सदस्य, पालिका कमिटीका पदाधिकारी, जनवर्गिय संगठनका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी एवं सदस्यहरू, जिल्ला पदाधिकारी, निर्वाचित वडा अध्यक्षले पढ्न पाउने एमालेले जनाएको छ । 

मार्क्सवाद, लेलिनवाद र जबज, पार्टीका प्रमुख नीतिलगायतका विषय पढाइने पाठ्यक्रममा उल्लेख छ । 

received_7811684067208131685628075.jpeg

यस तहमा एमालेले नेपालका राजनीतिक पार्टीबारे पढाउने तयारी गरिएको छ । जसमा नयाँ पार्टीहरूलाई पपुलिज्मको संज्ञा दिइएको छ ।

उच्च तह 
उच्च तहको प्रशिक्षण पार्टी केन्द्रीय कमिटीका सदस्यहरू, संघीय सांसदसहितलाई दिइने एमालेको तयारी छ ।  पार्टीका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र सदस्य, जिल्ला कमिटीका अध्यक्ष, जनसंगठनका केन्द्रीय पदाधिकारी, पालिका प्रमुख उपप्रमुख, प्रदेशसभा सदस्य र संघीय संसदका सदस्यहरूले यस तहको कक्षामा सहभागी हुन पाउने छन् । 

उच्च तहमा मार्क्सवादको व्याख्यालगायतका विषयमा अन्तरक्रियात्मक बनाउने एमालेको तयारी छ । 

received_15994330639020021685628085.jpeg

एमालेले प्राथमिक र उच्च तहको पाठ्यक्रम अनुसार पठाइसकेको छैन । पाठ्यसामग्री निर्माणको काम भइरहेको र छिट्टै कक्षा सुरु हुने स्कुल विभागले जनाएको छ । धनकुटामा यही जेठ २६–२९ गतेसम्म कक्षा सञ्चालनको तयारी भएको सचिव लामाले जानकारी दिइन् । 

स्कुल किन चलाउने ? 
पार्टी उपाध्यक्ष ज्ञवाली पार्टीका नेता कार्यकर्ताको चेतनास्तर विकास गर्न स्कुल चलाइने बताउँछन् । 

“पार्टी कार्यकर्ताहरूको चेतनास्तर विकास गर्ने कुरा हो । सरकार सञ्चालनको भूमिकामा पनि हुन्छौँ । सरकार सञ्चालनका विषय पनि हुन्छन् । अर्थशास्त्र, राजनीति, समाज सबै कुरा बुझाउन मद्दत गर्छ,” ज्ञवाली भन्छन् । 

नेता कार्यकर्तामा वैचारिक विचलन आइरहेकाले स्कुलले एकरूपता बनाउन मद्दत गर्ने नेताहरूको विश्वास छ ।

स्कुलकै स्वरूपमा चलाइए पनि आन्तरिक प्रयोजनका लागि भएकाले यसमा शुल्कः लिइँदैन । 

जहाँ सहभागी आफैँले खानपिनको व्यवस्थापन गर्छन् । “आवश्यकता अनुसार विज्ञलाई पनि डाकिन्छ,” ज्ञवालीले बाह्रखरीसँग भने, “प्रशिक्षक पनि पार्टीकै हुनुहुन्छ । आन्तरिक प्रयोजनका लागि भएकाले शुल्क भन्ने हुँदैन । सबै भोलिन्टियर हो ।”

एमालेको नवौँ महाधिवेशनपछि उपाध्यक्ष ज्ञवालीले पनि स्कुल विभागको जिम्मेवारी सम्हालेका थिए । 

नेकपामा स्कुल विभागकै लागि भएको थियो लफडा  
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएर बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा स्कुल विभागको जिम्मेवारीका सन्दर्भमा लफडा नै भएको थियो । ३२ विभागमध्ये स्कुल विभागको जिम्मेवारी पाउनुपर्नेमा तत्कालीन सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र नारायाणकाजी श्रेष्ठले दाबी गर्दा कार्यविभाजन पेचिलो बनेको थियो ।

अन्ततः पोखरेलले स्कुल विभागको जिम्मेवारी पाएका थिए । तहगत रूपमा पाठ्यक्रम बनाएर स्कुल चलाउने तयारी भए पनि त्यो अघि बढ्न सकेन् । जुन पार्टी अहिले अस्थित्वमा छैन । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement