site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
श्रीलंकामा तीन वर्षपछि पहिलो पटक ब्याजदर कटौती गर्ने घोषणा
Sarbottam CementSarbottam Cement

कोलम्बो । सन् २०२२ मा स्वतन्त्रतापछिको सबैभन्दा खराब आर्थिक संकटमा फसेको श्रीलंकाले बिहीबार तीन बर्षपछि पहिलो पटक ब्याजदरमा भारी कटौती गरेको छ ।

श्रीलंकाको केन्द्रीय बैंकले निर्णायक ब्याज दरलाई २.५ प्रतिशत विन्दुले घटाएर १४ प्रतिशतमा झारेको आधिकारिक तथ्यांकले देखाएको छ ।गत महिना मुद्रास्फीति घटेर २५.२ प्रतिशतमा झरेको तथ्यांकले देखाएपछि ब्याज दरमा कटौती गरिएको हो । अघिल्लो महिनाको तुलनामा मुद्रास्फीति करिब १० प्रतिशतले घटेको देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मौद्रिक बोर्डले मुद्रास्फीतिको कमी प्रक्षेपण गरेभन्दा छिटो कम भएकाले मौद्रिक अवस्थालाई सहज बनाउने निर्णयमा पुगेको जनाएको छ ।जुलाई २०२० मा दरहरू एक प्रतिशत विन्दुले घटाइएपछि यो पहिलो कटौती हो । 

आर्थिक संकट बढ्दै गएपछि केन्द्रीय बैंकले सन् २०२२ को सुरुदेखि नै ब्याजदर बढाउन सुरु गरेको थियो र गत वर्षको अप्रिलमा सात प्रतिशत विन्दुले वृद्धि गरेको थियो ।

Global Ime bank

आर्थिकरूपमा धराशायी बनेको एसियाली राष्ट्रले मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट कर्जा सहयोग प्राप्त गरेको थियो र चार वर्षको अवधिमा कोभिड र राजनीतिक संकटका कारण ऋणभार चुलिएको थियो । 

केन्द्रीय बैंकले गत वर्ष ७.८ प्रतिशतको आर्थिक सङ्कुचनपछि हाल अर्थतन्त्रमा सुधारको संकेत देखिएको जनाएको छ । श्रीलंकामा अति आवश्यक वस्तुहरूको लागि समेत भुक्तानी गर्न नगद अभाव भएपछि खाद्यान्न, इन्धन र औषधि समेतको अभाव भएको थियो । 

यसै मुद्दाका कारण तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई महिनौं लामो विरोध प्रदर्शनपछि गत जुलाईमा देश छोड्न र राजीनामा दिन बाध्य पारिएको थियो ।

केन्द्रीय बैंकले अर्थतन्त्रको पछिल्लो समीक्षामा यस वर्षको अन्त्यसम्ममा मुद्रास्फीति एकल आँकडामा झर्ने अनुमान गरिएको जनाएको छ । यो सेप्टेम्बरमा ६९.८ प्रतिशतमा पुगेको थियो र खाद्य मुद्रास्फीति लगभग १०० प्रतिशत पुगेको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC