site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याउने हुँदै स्थगित

काठमाडौं । रेशम चौधरीलाई रिहा गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याउने हुँदै स्थगित भएको छ ।

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिँदै रिहा गर्ने निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो ।

मंगलबार दर्ता भएको रिट न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको थियो ।  

घटनामा मारिएका प्रहरी अधिकृतकी पत्नी शारदा कडायत बोहोराले उक्त रिट दर्ता गराएकी हुन् ।

आइतबार मन्त्रिपरिषद्को बैठकले चौधरीसहित १९ राजबन्दीलाई आममाफी दिन सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सिफारिसलाई स्वीकृत गरेका थिए ।

गणतन्त्र दिवसका अवसरमा सोमबार चौधरी जेलबाट रिहा भइसकेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro