site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि ५४ किलोमिटर ट्रयाक बिछ्याइयो, १० नदीमा जलयान सञ्चालनका लागि अध्ययन

काठमाडौं । गत फागुनसम्म पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि ५४ किलोमिटर ट्रयाक बेड बिछ्याइएको छ । आइतबार अर्थमन्त्री डा. प्रकाशरण महतले संसद्मा पेस गरेको आर्थिक सर्वेक्षणले यस्तो विवरण सार्वजनिक गरेको हो ।

पूर्व–पश्चिम विद्युतीय रेलमार्गका लागि बर्दिबास–निजगढ खण्डमा ५४.५ किलोमिटर ट्रयाक बेड बिछ्याइएको आर्थिक सर्वेक्षणको प्रतिवेदनमा उल्लेख छ । यस्तै, सो खण्डमा सातवटा रेल्वे पुल निमार्ण गरिएको छ ।

Dabur Nepal
NIC Asia

यस्तै, जल यातायातका लागि विभिन्न १० वटा नदीमा सम्भाव्यता अध्ययन गरिएको समेत आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

जल यातायातका लागि गत फागुनसम्म कर्णाली नदीमा (११५ किलोमिटर), कालीगण्डकीमा (९५ किलोमिटर), कोसी नदीमा (७५ किलोमिटर), नारायणी नदीमा (८५ किलोमिटर), त्रिशूली नदीमा (२२ किलोमिटर) र सुनकोशी नदीमा (६८ किलोमिटर) जल क्षेत्रमा अध्ययन सम्पन्न भएको छ ।

यस्तै, राप्ती नदीमा (१०२ किलोमिटर), बबई नदीमा (५२ किलोमिटर), दूधकोसी नदीमा (२० किलोमिटर) र मर्स्याङ्दी नदीमा (२० किलोमिटर) जल क्षेत्रमा आन्तरिक जलमार्गमा जलयान सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

यसका साथै कोसी नदीमा प्यासेन्जर रिभ टर्मिनल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)समेत तयार भएको आर्थिक सर्वेक्षण प्रतिवेदनमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १६:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro