site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
६६९ मेगावाटको अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा बोर्डबाट स्वीकृत

काठमाडौं । लगानी बोर्डले ६६९ मेगावाटको अरूण जलविद्युत् परियोजना विकास सम्झौताको मस्यौदा स्वीकृत गरेको छ । 

बोर्डले परियोजना विकासका लागि ‘एसजेभीएनएन लोअर अरूण पावर डेभलपमेन्ट कम्पनी (एसएलएपीडीसी)’ सँग गरिने परियोजना विकास सम्झौताको सहमतिको अन्तिम मस्यौदा दस्तावेजलाई स्वीकृत गरेको हो ।  

Dabur Nepal
NIC Asia

आइतबार प्रधानमन्त्री पुष्पकमनल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न ५४औँ बैठकले यो सम्झौता मस्यौदालाई स्वीकृत गरेको हो । 

उक्त बैठकले सो परियोजना विकासको सम्झौताको सहमतिलाई स्वीकृति गरी मन्त्रिपरिषद्समक्ष प्रस्ताव पठाउने पनि निर्णय गरेको छ ।

लगानी बोर्डको ५३औँ बैठकको निर्णयअनुसार बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा विभिन्न मन्त्रालय तथा निकायका प्रतिनिधिहरू सदस्य रहेको वार्ता समितिले दस्ताबेज तयार पारेको हो । एसजेभीएन लिमिटेड इन्डियासँग चरणबद्ध रूपमा वार्ता गरी सहमतिसहितको प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए)को अन्तिम मस्यौदा दस्तावेज तयार पारेको थियो । 

बोर्डको अघिल्लो बैठकले तल्लो अरूण जलविद्युत् परियोजनाको लागि ९२ अर्ब ६८ करोड रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ ।

६६९ मेगावाट क्षमताको यो परियोजनाको विकासले मुलुकको आर्थिक–सामाजिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको बताइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro