site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
योजना आयोगको सदस्य नियुक्तिसहित यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय 
SkywellSkywell

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा लमजुङकी अनिता ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एंव सरकारका प्रवक्ता रेखा शर्माले उक्त जानकारी दिइन् । 

Dabur Nepal
NIC Asia

त्यस्तै, उनका अनुसार क्यानडामा आगामी भदौ ५ देखि ९ गतेसम्म आयोजना हुने विश्व वातावरणको सातौँ सभाको सम्बन्धित बैठकमा अर्थमन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरिएको छ । 

सिन्धुलीमाढी भूमिस्थान चकमके उदयपुर कटारी सडक खण्डको स्तरोन्नतिका लागि राष्ट्रिय वनक्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ । 

वन तथा वातावरण मन्त्रालयको मध्यतमोर जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ताप्लेजुङ जिल्लाको राष्ट्रिय वनक्षेत्रको प्रयोग गर्न र सो जग्गामा रहेको रुख हटाउन स्वीकृति दिने निर्णय गरिएको छ । 

गणतन्त्र दिवसका सन्दर्भममा केही कैदीको बाँकी सजाय र केही कैदीको आममाफी दिने निर्णय भएको मन्त्री शर्माले बताइन् । 

त्यसमा विशेषगरी रेशम चौधरीको निवेदनका आधारमा राष्ट्रपति कार्यालयमा सिफारिस गर्ने निर्णय भएको उनले जानकारी दिइन् । कानुनअनुसार र उक्त निर्णय गरिएको मन्त्री शर्माको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu