site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गुल्मीमा तीन वर्षमा ११७ घरगोठ जले, ११ जनाको मृत्यु
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

तम्घास । आगलागीबाट गुल्मीमा तीन वर्षमा ११७ घरगोठ जलेर नष्ट भएका छन् । 

जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवं आव २०७६÷०७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

आगलागीबाट तीन वर्षमा तीन करोड ६० लाख ३८ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए । 

Global Ime bank

जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ । जिल्लामा यो आवमा पाँचजनाले आगोबाट ज्यान गुमाएका छन् । वैशाख महिनामा मात्रै तीनजनाले आगोमा परेर ज्यान गुमाएका छन् । 

गत वर्ष चार र आव २०७६/०७७ मा दुईजनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन् । यो आवको चैतसम्म १० जना, गत वर्ष सात र आव २०७६/०७७ मा तीनजना घाइते भएका छन् । आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।  

गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको ६१९.५ हेक्टर क्षेत्रफलमा आगलागी भएको छ । जिल्लामा निजी वनमा समेत आगलागी भए पनि त्यसको भने कतै पनि तथ्यांक समावेश गरिएको छैन । 

जिल्लामा सबैभन्दा बढी इस्मा गाउँपालिकाको सामुदायिक वनमा आगो लागेको डिभिजन वन कार्यालय गुल्मीका सूचना अधिकारी मुना शर्माले बताए । सुक्खा मौसम र हावाहुरी एवं लापारबाहीका कारण जिल्लाका विभिन्न वनमा आगलागी हुँदै आएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC