site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गल्फ संघको अध्यक्षमा पुनः टासी घले
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल गल्फ संघको अध्यक्षमा पुनः टासी घले निर्वाचित भएका छन् । संघको छैटौँ महाधिवेशनबाट घले सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । महाधिवेशनबाट घलेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चुनिएको छ ।

उपाध्यक्षमा पवित्रकुमार कार्की, तिलक राई र फुर्साङ लामा निर्वाचित भए । महासचिवमा चुडाबहादुर भण्डारी र कोषाध्यक्षमा कृष्णकुमार अग्रवाल निर्वाचित भए ।

Agni Group

यस्तै, सदस्यमा दीपक आचार्य, दीपक थापामगर, वीरेन्द्रविक्रम लिम्बू, प्रवीण याक्थुम्बा, भुबहादुर गुरुङ, अर्शिया बानु र श्रीराम भण्डारी निर्वाचित भए ।

कार्यक्रममा संघले बंगलादेशको ढाकास्थित कुर्मितोला गल्फ क्लबमा सम्पन्न बंगलादेश एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम इभेन्टमा स्वर्णपदक जित्न सफल राष्ट्रिय टोलीका दुई सदस्य सुवास तामाङ र सद्भाव आचार्यलाई सम्मान पनि गरेको थियो । संघले सुवास र सद्भावलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २२:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC