site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बैतडीमा होटेलमा बेहोस भेटिएका चन्दको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीको मेलौली नगरपालिका–७ मा रहेको रिसब होटेलमा बेहोस अवस्थामा भेटिएका एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्युु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ का ५७ वर्षीय रनि चन्द रहेका बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।

भारतबाट फर्किएर घर जाने क्रममा रहेका चन्द यही जेठ ११ गतेदेखि उक्त होटेलमा बसिरहेका थिए । आज बिहान खान खानका लागि होटेलका कर्मचारीले बोलाउँदा चन्द बेहोस अवस्थामा फेला परेका थिए ।

बेहोस फेला परेका चन्दको उपचारका क्रममा केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । चन्दको के कति कारणले मृत्युु भएको भन्नेबारे खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro