site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बैंग्लोर नपुगी बीचबाटै फर्काइएको विमानका यात्रीको उडान आजै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतको बैंग्लोरका लागि उडेको नेपाल एयरलाइन्सको एउटा विमानलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएको छ ।

आरए २२५ उडान नम्बरको विमानलाई बैंग्लोर नपुगी काठमाडौं नै फर्काएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बाह्रखरीलाई जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

शनिबार दिउँसो पौने २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमानलाई केही बेरमै काठमाडौं फर्काइएको उनले बताए । उनका अनुसार विमानमा चरा ठोक्किएको आशंका गरिएको छ । चरा ठोक्किएको/नठोक्किएको पुष्टि हुन भने बाँकी छ ।

अहिले उक्त विमानको चेकजाँचको कार्य भइरहेको उनले जानकारी दिए ।

Global Ime bank

नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित १५९ जना सवार थिए ।

त्यसमा सवारी यात्रीलाई अर्को विमानमार्फत आजै बैंग्लोर पठाउने तयारी गरिएको उनले बताए । बेलुका ५ बजेर २० मिनेटमा नेपाल एयरलाइन्सकै वाइडबडी ३२० विमानमार्फत उनीहरूको उडान तय गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

प्राविधिक परीक्षणपछि फर्काइएको विमानबारे निर्णय लिइने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय