site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
मिश्रित निर्वाचन प्रणालीले संवैधानिक संकट आउन सक्छ : देवी भट्टचन 

काठमाडौं । नेकपा एमालेका सांसद देवी भट्टचनले सरकारको नीति तथा कार्यक्रममा आफ्ना सुझाव दिँदै निर्वाचन प्रणालीका विषयमा बहस ढिला भइसकेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा उनले यस्तो धारणा राखेका हुन् ।

“मैले यो भन्दा पहिले शुन्य समयमा पनि बोलेको थिएँ,” उनले भने,“मलाई त लाग्छ मिश्रित निर्वाचन प्रणालीले संवैधानिक संकटको अवस्था ढिलोछिटो आउनेछ ।”

उनले मिश्रित निर्वाचन प्रणालीले ३३ प्रतिशत महिला सहभागितको कारणले सहाभागी नहुँदा कसरी व्यवस्थित गर्ने भन्ने कुरा यो संसद्मा कहिल्यै पनि छलफल नभएको बताए ।

उनले नीति तथा कार्यक्रममा रहेको बुँदा नम्बर ६० मा दिगो व्यापार पूर्वाधार विकासशील राष्ट्रको रुपमा अघि बढ्न गइरहेको नेपाल नेपाली झण्डा अंकित पानीजहाज सञ्चालनको लागि आवश्यक कर्मचारी कार्यालयको व्यवस्था भएता पनि विधेयक संशोधन गर्न आवश्यक रहेको बताएका थिए ।

Global Ime bank

“कलकत्ता बन्दरगहामा आउन सक्ने पानीजहाजको मलेशिया ,सिंगापुर दुवैको सेवाबाट वार्षिक दुई अरब ढुवानी वापतको रकम विदेशी मुद्रा बचत हुने र स्वेदशमा नै रोजगारी सिर्जना हुने परिणाममुखी आयोजना अगाडी बढाउन अति आवश्यक छ,” उनको भनाई छ,“राष्ट्रिय गौरवका आयोजनाहरु कार्यक्रमको निरन्तरता अति आवश्यक छ ।”

थानकोट चित्लाङ सुरुङ राजमार्गको व्यवस्थालाई निरन्तरता दिएमा काठमाडौंको बसोबासको चाप कम हुने उनको धारणा छ । 

उनले पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम अघि सार्नुपर्ने बताए ।

“आन्तरिक पर्यटक प्रवद्र्धनका लागि आजभन्दा ४५ वर्षअघि संवत २०३४ सालमा तारा गाउँ विकास समितिको स्थापना भएको थियो । तत्कालिन अवस्थामा नगरकोट ककनी, बौद्धको हायत होटल र पोखारामा तारा गाउँ विकास समितिले पर्यटन प्रवद्र्धनका लागि होटल व्यवसाय सुरु गरेको थियो,” उनले भने, “बाग्लुङको ढोरपाटन, रोल्पाको शे–फोक्सुन्डो, मुगुको रारा ताल र मुस्ताङमा होटल व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको र काठमाडौंको नजिक चित्लाङ, इन्द्रसरोवर तालमा दामन आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।”

भौतिक पूर्वाधार एकीकृत रणनीति कर्णाली प्रदेशको भेरी गंगा उपत्यकाको नमुना आदिम सहरको गुरुयोजना बनाउने कार्यक्रम आएता पनि ढोरपाटन एकीकृत गुरुयोजनाका लागि प्रधानमन्त्री समक्ष निवेदन दिइसकेकाले त्यसलाई ध्यान दिनुपर्ने बताए ।

सूचना प्रविधिको क्षेत्रमा सरकारी गैर सरकारी आवश्यक सूचना प्रकाशित कम्तिमा एकपटक पत्रिका र एकपटक अनलाइनमा प्रकाशित गर्ने व्यवस्था गरिनुपर्ने धारणा पनि उनले राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  २१:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu