site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजिप्टको स्वेज नहरमा अड्किएको पानीजहाज निकालियो

काठमाडौं । इजिप्टको स्वेज नहरमा फसेको एउटा ठूलो पानीजहाजलाई टगबोटहरूले सफलता पूर्वक निकालेका छन् । संसारको सबैभन्दा व्यस्त जलमार्गहरू मध्येको एक स्वेज नहरमा अड्किएको जहाज पुनः सञ्चालनमा आएको बिहीबार शिपिंग एजेन्ट लेथ एजेन्सीले बताएको हो ।

अड्किएको उक्त जहाज १९० मिटर लामो जिन हाई टोङ २३ बल्क क्यारियर भएको लेथले बताएको छ । जहाजलाई बिहीबार बिहान करिब पौने आठ बजे पुनः फ्लोट गरिएको बताइएको छ ।

नहरका अधिकारीहरूले एक विज्ञप्तिमा इन्जिन खराब भएको जानकारी पाएको र जहाजलाई सफलतापूर्वक तैराउन टगबोट परिचालन गरिएको बताएका छन् ।

जहाजलाई तान्न प्रयोग हुने विन्च फेल भएकाले प्रक्रिया केही समय ढिलो भएको उनीहरुको भनाइ छ । पानीजहाजको समस्या समाधान भएसँगै दुवै दिशामा ढुवानी गतिविधि सामान्य अवस्थामा फर्किने नहरका अधिकारीहरुले बताएका थिए ।

यस्तै, एउटा घटना सन् २०२१ मा भएको थियो । त्यतिबेला एउटा ठूलो कन्टेनर जहाज एभर गिभेन तीव्र हावाको बीच स्वेज नहरमा अड्किएको थियो । ६ दिनसम्म जाम भई दुईतर्फी ढुवानी रोकिएको उक्त घटनाले विश्वव्यापी व्यापारमा बाधा पुर्‍याएको थियो।

प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १७:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro