site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
जिप दुर्घटनामा मृत्यु हुने पाँचैजनाको पहिचान खुल्यो
रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा भएकोे जिप दुर्घटनाका घाइतेलाई अस्पताल लैजान सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर । तस्बिरः : परिचन्द्र खत्री/रासस

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा भएको जिप दुर्घटनामा मृत्यु हुने पाँचैजनाको पहिचान खुलेको छ ।

आज बिहान भएको जिप दुर्घटनामा चारजनाको घटनास्थलमा र एकजनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो ।

Dabur Nepal
NIC Asia

सानीभेरी गाउँपालिका–५ का ४८ वर्षीय देउचन खत्री, सोही ठाउँका ७० वर्षीय कर्ण बाँठामगर, बाँफिकोट गाउँपालिका–८ की २२ वर्षीया रेखा केसी खनाल र उनको २२ दिनको छोरा रोशन केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक विष्णुकुमार श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी सानीभेरी गाउँपालिका–५ कै २३ वर्षीया शीतला कुसारीको अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनको भनाइ छ ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइतेमध्ये चारजनालाई उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको छ । उनीहरुलाई हेलिकप्टरमार्फत पठाइएको हो ।

घाइने हुनेमा सानीभेरी गाउँपालिका ५ का ४० वर्षीय प्रेम बाँठा मगर, सोही वडाका २२ वर्षीय ललित बाँठा मगर, दुई वर्षीय प्रसिद्ध कुसारी र २० वर्षीया अनिता केसी रहेका प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

अन्य घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ । सानीभेरी गाउँपालिका– ५ का ४६ वर्षीय कर्णवीर पुन, सोही वडाकी १७ वर्षीया मनिषा बस्नेत, १७ वर्षीया रीता खत्री, २१ वर्षीया कल्पना केसी, ४६ वर्षीया गम्भीर कुसारी र ३५ वर्षीय दीपक बाँठा मगरको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।

सानीभेरी गाउँपालिका–५ हाँसुदेखि जिल्ला सदरमुकाम जाँदै गरेको लु१ज १७४७ नं को जिप आज बिहान दुलीको मोचेखोलामा दुर्घटनामा परेको थियो । उकालोमा अनियन्त्रित भएर जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ११, २०८०  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro