site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा नेपाल कार्यसम्पादन समिति बैठक : प्रदेश संरचना खारेज गर्नुपर्ने निर्णय

कठमाडौं । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिमा प्रस्तुत हुने राजनीतिक कार्यपत्र र प्रतिवेदनहरु अनुमोदन गरेको छ । बैठकले संघीयता मुलुकले धान्न नसक्ने भन्दै केन्द्रमा बलियो सरकार र तल्लो तहमा अधिकार सम्पन्न स्थानीय निकाय भए पुग्ने भएको निर्णय गरेको छ ।

पार्टी महामन्त्री राजाराम बर्तौलाका अनुसार बैठकले बीचको प्रदेशको संरचना खारेज गर्नुपर्ने बहस भएको जानकारी दिए । यस्तै, बैठकमा पार्टीले पार्टीको प्रदेश कार्यसमिति पनि हटाउनुपर्ने माग भएको उनले जानकारी दिए ।

यसबारेमा केन्द्रीय समितिमा थप विस्तृत छलफल भएर निर्णय हुने बर्तौलाले जानकारी दिए । बैठकले जनवर्गीय संगठन, विभाग र समितिहरुको ६ महिने कार्ययोजनाहरुलाई पनि केन्द्रीय समितिमा प्रस्तुत गर्ने गरी अनुमोदन गरेको छ । राप्रपा नेपालको केन्द्रीय समितिको बैठक जेठ ९ र १० गते काठमाडौंमा बस्दै छ ।

“बैठकमा पार्टी अध्यक्ष कमल थापाद्वारा प्रस्तुत ‘वर्तमान परिस्थिति एवं राप्रपा नेपालको वैचारिक, सांगठनिक तथा रणनीतिक कार्यदिशा र कार्ययोजना, महामन्त्रीहरु भाष्कर भद्रा, सुशील श्रेष्ठ, राजाराम बर्तौला र केशवराज श्रेष्ठद्वारा प्रस्तुत सचिवालय, प्रशिक्षण, संगठन र युवा स्मार्ट पार्टी निर्माणसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय समितिमा प्रस्तुत गर्न अनुमोदन गरेको हो,” बर्तौलाले भने ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro