site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काभा महिला भलिबल च्याम्पियनसिप : भारतको विजयी सुरुआत
Tiktok banner adTiktok banner ad

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप–२०२३ मा भारतले विजयी सुरुआत गरेको छ ।

सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा सम्पन्न समूह ‘ए’को खेलमा भारतले बङ्गलादेशविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्यो ।

पहिलो सेटमा २५–३ को सहज जित निकालेको भारतले दोस्रो सेटमा २५–९ र तेस्रो सेटमा २५–६ को जित निकाल्यो ।

यसअघि, आजै भएको पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकाविरुद्ध ३–० कै सोझो सेटमा जित निकालेको थियो ।

आठ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘ए’मा नेपाल, कीर्गिस्तान, भारत र बंगलादेश छन् । यस्तै, समूह ‘बी’मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजखस्तान छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro