site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
आत्मरतिमा जति रमाए पनि हुन्छ, नीति कार्यक्रम पुनर्लेखन नगरी हुँदैन : लिङ्देन
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नीति कार्यक्रम पुनर्लेखन गर्नैपर्ने बताएका छन् । उनले सरकारले ल्याएको नीति कार्यक्रमले अहिले देशको आर्थिक अवस्थालाई सम्बोधन गर्न नसक्ने बताए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष ०८०/०८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले अहिलेको नीति कार्यक्रम सामान्य परिस्थितिमा आउनेजस्तो मात्र भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“यो ठिकठाक वा सामान्य अवस्थामा ल्याउने जस्तो मात्र छ । यसले समस्या पहिचान गरेन, प्राथामिकता छुट्याउने कोसिस गरेन । छलफल गर्नुपर्ने विषय प्रशस्त छ,” उनले भने, “बहुत छ, तालि ठोकेर पास गर्छु भन्ने छ । आत्मरतिमा रमाउनुहोस् । जनयुद्ध दिवस घुसाइयो, देउवाजीलाई पनि त्यसको भारी बोकाइयो भनेर । याद गर्नुहोस्, देश तपाईं सरकारमा बस्नेहरूको मात्र हैन । देश बिग्रे सबैको बिग्रन्छ, हाम्रो पनि बिग्रन्छ । त्यसकारण जति आत्मरतिमा रमाए पनि यसलाई पुनर्लेखन गर्न जरूरी छ ।”

उनले रोजगारी कसरी सिर्जना गर्ने भन्दै प्रश्न गरे । जलविद्युत् क्षेत्रमा लगानी जटिल भएको भन्दै विद्युत् आयोजनाहरूमा आन्तरिक लगानी आवश्यक भएको बताए । सोक्रममा बोल्दै उनले राजा, पञ्चायतको पालामा स्थापित उद्योगधन्दा बन्द किन गरेको र गतवर्षदेखि फेरि किन जरूरी पर्यो भन्दै प्रश्न गरे ।

Global Ime bank

प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताहरूबीच सहमति भइसकेको अवस्थामा स्वतन्त्र नागरिक आयोग गठन गरेर पञ्च, राजादेखि सबैको सम्पत्ति छानबिन गरेर अवैधानिक सम्पत्ति जफत गरिने कुरा नीति कार्यक्रममा लेख्न जरूरी रहेको पनि बताए । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानबिन हुन नसकेको जिकिर गरे ।

“भन्नका लागि मात्र भन्ने हैन, गरेर देखाउनुपर्यो र त्यो देखिनुपर्यो,” उनले भने, “यो पाँच वर्षमा कृषि अनुदानको नाममा कति पैसा क–कसलाई बाँढियो होला ? स्वेतपत्र जारी गरिनेछ भनेर लेखे पो फरक परेछ भन्ने हुन्छ । माग गर्दछु, कृषि अनुदानको नाममा गएको पाँच वर्षमा प्रदेश र केन्द्र सरकारले वितरण गरेको रकम अंकमा कति हो र पाउने भाग्यमानी किसान को–को हो, उनको सूची सार्वजनिक गर्नुपर्यो ।”

सांसद लिङ्देनले सानो देशमा यति धेरै जनप्रतिनिधिलाई ऋण खुवाएर कहिलेसम्म चल्छ भन्दै प्रदेश खारेजीको माग गरेका छन् । देश घिसारेर अघि बढाइरहँदा अर्थतन्त्राले घुँडा टेक्ने बताए । नीति कार्यक्रमका कुनै बुँदाले पनि अर्थतन्त्रलाई माथि उकास्ने छनक नदिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १३:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement