site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोलकाताविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै लखनउ प्लेअफमा

काठमाडौं । कोलकाता नाइट राइडर्सविरुद्ध एक रनको रोमाञ्चक जित निकाल्दै लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा स्थान पक्का गरेको छ ।

कोलकातालाई जितका लागि अन्तिम ओभरमा २१ रन आवश्यक थियो । तर, यश ठाकुरको ओभरमा कोलकाताबाट क्रिजमा रहेका रिन्कु सिंह र वैभव अरोराले १९ रनमात्र जोड्दा लखनउले एक रनको रोमाञ्चक जित निकालेको हो ।

शुक्रबार इडेन गार्डेनमा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याउने क्रममा कोलकाताले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७५ रनमात्र जोड्न सक्यो ।

कोलकाताका रिन्कु सिंहले ३३ बलमा ६ चौका र चार छक्कासहित ६७ रन बनाए पनि टिमको हार टार्न सकेनन् । जासन रोयले ४६, वेन्कटेस ऐयरले २४ र रह्मनुल्लाह गुर्बजले १० रन थपे ।

लखनउका यश ठाकुर र रवि बिस्नोईले समान दुई विकेट लिए । क्रुनल पन्ड्या र कृष्णप्पा गौतमले एक-एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७६ रनको योगफल खडा गरेको थियो ।

लखनउका निकोलस पुरनले ३० बलमा चार चौका र पाँच छक्कासहित ५८ रन जोडे । क्विन्टन डी ककले २८, प्रेरक मन्डकले २६, आयुश बडोनीले २५ र कृष्णप्पा गौतमले ११ रन थपे ।

कोलकाताका शार्दुल ठाकुर, सुनिल नारिन र वैभव अरोराले समान दुई विकेट लिए । हर्शित राना र वरुण चक्रवर्तीले एक-एक विकेट लिए ।

जितसँगै १४ खेलबाट १७ अंक जोडेको लखनउ प्रतियोगिताको प्लेअफमा पुग्ने तेस्रो टिम बनेको हो । यसअघि, गुजरात टाइटन्स र चेन्नाई सुपर किङ्सले प्लेअफमा स्थान पक्का गरिसकेका छन् ।

१४ खेलबाट १२ अंक जोडेको कोलकाता भने प्रतियोगिताबाट बाहिरिएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro