site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोसी र मधेस प्रदेशको तराईमा हावाहुरीको सम्भावना 
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश र मधेस प्रदेशको तराईका केही स्थानमा हावाहुरीकोसमेत सम्भावना रहेको छ ।

विभागले आज राति कोसी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement