site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
शान्ति प्रकृयाको बाँकी काम दुई वर्षभित्र टुंग्याइने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले “शान्ति प्रकृया र संक्रमणकालीन न्यायको बाँकी काम दुई वर्षभित्र पूरा गर्ने नीति तथा योजनामा कार्यक्रम समावेश गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम शुक्रबार वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनयुद्ध र जनआन्दोलनका घाइते बेपत्ता परिवार अपाङ्गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण गर्ने जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

साथै, उनले द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति आर्थिक साहयता उपलब्ध गराउनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथामिकता साथ अघि बढाइने पनि जानकारी दिए ।

“शान्ति प्रकृया र संक्रमणकालीन न्यायको बाँकी काम दुई वर्षभित्र पूरा गरिनेछ,” उनले भने, “जनयुद्ध र जनआन्दोलनका घाइते बेपत्ता परिवार अपाङ्गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति आर्थिक सहायता उपलब्ध गराउनुका साथै पुनःस्थापना र परिपूरणको कार्यलाई प्राथामिकता साथ अघि बढाइने छ ।”

Global Ime bank

नीति तथा कार्यक्रममा सरकारले मानवअधिकार आयोग बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने कार्यक्रम समावेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय