देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित ६ जनाको टोली आज स्वीजरल्यान्डको जेनेभा जाँदै छ । मन्त्री बस्नेतसहित अतिरिक्त सचिव डा. विकास देवकोटालगायत मन्त्रालय मातहतका ६ जनाको टोली विश्व स्वास्थ्य संगठनको ७६औँ महासभामा भाग लिन आज त्यसतर्फ जान लागेको हो ।
महासभामा नेपालका तर्फबाट दातृ राष्ट्र तथा सम्बद्ध निकायहरूसँग भेटघाट तथा नेपालको स्वास्थ्य क्षेत्रको सुधारका आयामहरूबारे छलफल गर्ने योजना रहेको मन्त्री बस्नेतले जानकारी दिएका छन् । सभा मे २१ देखि ३० सम्म चल्नेछ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८० १३:२५
प्रतिक्रिया दिनुहोस्