site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना
Sarbottam CementSarbottam Cement

मोन्टाना । भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिेकेसन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने मोन्टाना पहिलो अमेरिकी राज्य बनेको छ । सुरक्षा चिन्ता र चासोलाई सम्बोधन गर्न राज्य सरकारले टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइएको घोषणा गरेको हो ।

गभर्नर ग्रेग जियानफोर्टले मोन्टाना राज्यका बासिन्दाका निजी विवरण चिनियाँ कम्युनिस्ट पार्टीबाट जोगाउने उद्देश्यले टिकटकमाथि प्रतिबन्ध लगाइएको स्पष्ट गरेका छन् । राज्यका मुख्य सूचना आधिकारीलाई राज्य सञ्जाल र उपकरणहरूबाट उक्त एपलाई पूर्ण रूपमा ‘ब्लक’ गर्न निर्देशन दिइएको उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सन् २०२२ डिसेम्बरमा मोन्टाना सरकारले राज्यका उपकरणमा उक्त एपको प्रयोग वर्जित गरेको थियो । संघीय सरकारका साथै अमेरिकाका धेरै राज्यमा उक्त सामाजिक सञ्जालको प्रयोग निषेध गरिएको छ ।

आउँदो जुन १ देखि उक्त सञ्जालमाथिको प्रतिबन्ध पूर्ण रूपमा लागु हुनेछ । उक्त प्रतिबन्धलाई चुनौती दिँदै अदालतमा मुद्दा दायर हुन सक्ने जनाइएको छ । रासस/एएनआई

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement