राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपीडितले पाउने बाँकी किस्ता असार मसान्तभित्र प्रदान गरिने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदका सवालको जवाफ दिने क्रममा उनले यस्तो जानकारी गराएका हुन् ।
कांग्रेस सांसद रामहरि खतिवडाले ०७२ सालको भूकम्पपीडितमध्ये ६ हजार ११९ जनाले पाउने भनिएको रकमको अन्तिम किस्ता कहिले पाउँछन् भन्दै प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले रकम भुक्तानीका लागि सरकार तयार रहेको बताए ।
“भूकम्पपीडितको बाँकी किस्ता २०८० असार मसान्तसम्म भुक्तानी गराइने जानकारी गराउँदछु,” उनले भने ।
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८० १४:३३
प्रतिक्रिया दिनुहोस्