site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउँदा अध्ययन गर्नुपर्ने रहेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा गम्भीर अध्ययन गर्नुपर्ने बताएका छन् । केही विमानस्थल बनिसकेर पनि उपयोग हुन नसकेको विषयमा प्रश्न उठिरहेका बेला उनले यस्तो बताएका हुन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद दीपक गिरीले २०११ सालमा स्थापना भएको दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नति कहिले हुन्छ भन्दै राखेको प्रश्नमा उनले यस्तो जवाफ दिए ।

“देशको मेरुदण्डकै रूपमा रहेको हवाई सेवालाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको छ । टरिगाउँ  विमानस्थललाइ क्षेत्रीयस्तरको विमानस्थल बनाउने सम्भाव्यता अध्ययन गरेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “तर, अहिले नै अन्तर्राष्ट्रियस्तरको बनाउन पर्याप्त अध्ययन आवश्यक पर्नेरहेछ । अर्बौँ लगानी गरेर फास्टट्रयाक बनाउन लागिपरेका थियौँ । त्यो विमानस्थल बनाउने विषयमा सरकार प्रतिबद्ध छ ।”

उनले टरिगाउँ विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको बनाउन नसके पनि सामान्य स्तरवृद्धि तत्काल हुने आश्वासन दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro