site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उत्पादन र रोजगारी सिर्जना गर्न नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानलाई समयमै रासायनिक मल र बीउ–विजन उपलब्ध गराउन नेपालमै कारखाना निर्माणका लागि आवश्यक अध्ययन भइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै उनले किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन अनुदानका कार्यक्रम मात्र नभई भारत सरकारसँग खरिद सम्झौता पनि भइसकेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“किसानहरूलाई अनुदान दिनुका साथै भारत सरकारसँग मल खरिद सम्झौता भएको छ,” उनले भने, “मैले बेलैमै मल र बीउ–विजन उपलब्ध गराउन कृषि मन्त्रालय र सम्बन्धित निकालाई निर्देशन दिएको छु । कृषि र किसान हितका साथै उत्पादन र रोजगारी सिर्जना गर्न आउँदो नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिइनेछ ।”

प्रधानमन्त्री प्रचण्डलाई सांसद अनिता देवीले योसम्बन्त्री प्रश्न सोधेकी थिइन् । जनमत पार्टीका सांसद अनिताले किसानले बीउ–विजन कहिले समयमै पाउने भन्दै प्रश्न गरेकी थिइन् ।

किसान आन्दोलनका पक्राउ परेका पार्टीका कतिपय नेता अझै थुनामा रहेको भन्दै उनले उनीहरूलाई लगाइएको झुटा मुद्दा फिर्ता लिन माग समेत गरेकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्