site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जोसका साथ आउँदै थिएँ, बैठक ढिला हुँदा नमिठो लाग्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा प्रश्नोत्तर कार्यक्रम दुई घण्टा ढिलो सुरु हुँदा नमज्जा लागेको बताएका छन् ।

सांसदहरूले सोधेका प्रश्नको उत्तर दिन बिहीबार रोस्ट्रममा उभिएका उनले सुरुआतमै यस्तो बताएका हुन् ।

“बिहान प्रश्नोत्तरका लागि बढो जोसका साथ आउँदै थिए, तर दुई घण्टा ढिला भयो, नमिठो त अलिकति लागेको छ,” उनले भने, “प्रश्नोत्तरको सुरुकै दिन नियमावाली निलम्बन गर्नुपर्ने अवस्था आयो, नमिठो अनुभूति भयो । सर्वसम्मत भयौँ, यो खुसीको कुरा हो ।”

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरिँदै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजे मात्र सुरु भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro