site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ लाइसेन्स वितरण प्रक्रियामा ढिलाइ नगर्न लगानीकर्ताको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष लगानीकर्ताले नयाँ लाइसेन्स वितरण प्रक्रियामा ढिलाइ नगर्नसहित ६ बुँदे माग राखेका छन् ।

बुधबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ (नेपाल) र नेपाल पुँजीबजार लगानीकर्ता संघका प्रतिनिधिले प्रधानमन्त्री प्रचण्डलाई भेटेर धितोपत्र बजार सुधारका विभिन्न ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिनाढिलासुस्ती कार्यान्वयन गर्न लगानीकर्ताले माग गरेका हुन् ।

१२ करोड रुपैयाँसम्मको सेयर कर्जाको सीमाले धितोपत्र बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्थालाई फिर्ता लिनका लागि समेत लगानीकर्ताले प्रधानमन्त्रीसमक्ष अनुरोध गरेका छन् ।

Global Ime bank

यस्तै, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई तीन प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्न, विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएको पनि लगानीकर्तको ठहर छ ।

ब्याजदरमा पुनरवलोकन गरी एकल अंक कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिन लगानीकर्ताले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् ।

धितोपत्र बजारको विकास र विस्तारका लागि नियामक निकायले वितरण गर्न लागेको नयाँ लाइसेन्स प्रक्रिया विभिन्न बहानामा अवरुद्ध भई स्थगित गरिए लाखौँ लगानीकर्ता आन्दोलनमा होमिनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुने चेतावनी समेत लगानीकर्ताले दिएका छन् ।

नयाँ लाइसेन्स वितरण प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य राखेर संसद्मा केही सांसदले उठाएको आवाज आपत्तिजनक रहेको लगानीकर्ताको भनाइ छ । राष्ट्र निर्माणका लागि नीति निर्माण तहमा पुगेका सांसदहरूबाट बजार विकासका लागि थालिएको कदमविरुद्ध उठेको आवाजले आम लगानीकर्तालाई मर्माहत तुल्याएको ज्ञापनपत्रमा उल्लेख छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय