site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत भ्रमणको मिति तय नहुँदै प्रधानमन्त्रीलाई प्रश्न– लिपुलेक, कालापानीको मुद्दा उठाइन्छ कि उठाइँदैन ?
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिहिबार प्रतिनिधिसभामा प्रश्नोत्तर हुँदै छ । प्रश्नोत्तरका क्रममा सत्तासाझेदार दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का सांसदले प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा प्रश्न उठाएका छन् ।

विगत लामो समयदेखि चर्चा भएर पनि प्रधानमन्त्रीको भारत भ्रमणको मिति अझै तय हुन सकेको छैन । तर, सांसदहरूले उनको भ्रमणका एजेन्डाका विषयमा प्रश्न उठाइसकेका छन् ।

Dabur Nepal
NIC Asia

“प्रधानमन्त्रीको भारत भ्रमणमा लिपुलेक, कालापानीको मुद्दा उठ्छ कि उठ्दैन,” कांग्रेस र एमालेका सांसदहरूले संसद् सचिवालयमा टिपाएको प्रश्नमा उल्लेख छ ।

यस्तै, एमालेका सांसदहरूले नक्कली भुटानी शरणर्थी प्रकरण चर्चाका लागि मात्र हो वा दोषी सबैलाई साँच्चै कारबाही गर्ने हो ? भन्ने प्रश्न टिपाएका छन् ।

सांसदहरूले शान्ति प्रक्रियाका विषयमा पनि प्रश्न सोधेका छन् । “शान्ति प्रक्रियाको बाँकी काम कहिले सकिन्छ ?,” सांसदहरूले टिपाएको प्रश्नमा उल्लेख छ ।

यसैगरी, माओवादीका पूर्वलडाकुको खर्च छानबिन गर्न तयार हुनुहुन्छ कि हुनु हुन्न ?, लाल आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? शिक्षा ऐन संशोधन विधेयक र नागरिकता विधेयक कहिले आउँछ ? उच्च शिक्षा आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ? लगायत प्रश्न पनि टिपाएका छन् ।

२० प्रश्न टिपाइएको छ । तर, नियमावलीको व्यवस्थाअनुसार १५ प्रश्न मात्र सोध्ने व्यवस्था मिलाइएको संसद् सचिवालयले जनाएको छ ।

कांग्रेस र एमालेका सांसदले तीन/तीन प्रश्न सोध्ने र एकभन्दा बढी सांसद भएका दलका तर्फबाट एक/एक प्रश्न सोध्ने तय गरिएको छ । तर, एक सांसद भएका दल र स्वतन्त्रमध्ये कसले आजको बैठकमा प्रश्न सोध्ने भन्ने अझै टुंगो लागेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu