site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दिल्लीसँग पराजित हुँदा पञ्जावको प्लेअफ खेल्ने सम्भावना कमजोर
Tiktok banner adTiktok banner ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्स प्लेअफबाट बाहिरिने संघारमा पुगेको छ । लिगमा बुधबार सम्पन्न खेलमा दिल्ली क्यापिटल्ससँग १५ रनले पराजित भएपछि पञ्जावको प्लेअफ पुग्ने गणितीय आधारमा मात्र सीमित बनेको हो ।

बुधबार धर्मशालामा दिल्लीले प्रस्तुत गरेको २१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पञ्जावले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९८ रनमात्र बनाउन सक्यो । पञ्जावका लियन लिभिंगस्टोनले ४८ बलमा पाँच चौका र नौ छक्कासहित ९४ रन बनाए पनि टिमको हार टार्न सकेनन् । अथर्वा टाइडले ५५, प्रभिसिम्रन सिंहले २२ रसाम करनले ११ रन बनाए । पञ्जावका कप्तान शिखर धवन गोल्डेन डक भएका थिए ।

दिल्लीका एर्निक नोर्जे र इशान्त शर्माले समान दुई विकेट लिए । खलिल अहमेद र अक्षर पटेलले समान एक विकेट लिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको दिल्लीले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । दिल्लीका रिले रोसोउले ३७ बलमा ६ चौका र ६ छक्कासहित ८२ रन बनाए । पृथ्वी सले ५४, कप्तान डेविड वार्नरले ४६ र फिल साल्टले २६ रन बनाए ।

पञ्जावका साम करनले दुई विकेट लिएका थिए ।

जितका बावजुद दिल्लीको प्लेअफ पुग्ने सम्भावना समाप्त भइसकेको छ । तालिकाको नवौं स्थानमा उक्लिएको दिल्लीले १३ खेलबाट १० अंक जोडेको छ । यस्तै हारबाट प्लेअफ सम्भावना कमजोर बनेको पञ्जाव १२ अंकसहित आठौं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro