site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
लेखा समितिको सभापतिमा योगेश कि ऋषिकेश ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिपक्षी नेकपा (एमाले) मा प्रतिनिधिसभाको लेखासमिति सभापतिको खोजी सुरु भएको छ । एमालेले लेखासहित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्यांकन समिति (संयुक्त) र अर्को एक गरी तीनवटा समितिको नेतृत्व पाउने सहमति भएसँगै समितिको सभापतिबारे चर्चा सुरु भएको हो ।  

पार्टी उपाध्यक्ष सुवास नेम्वाङले समितिका सभापतिका विषयमा छलफल सुरु भएको बताए । महत्वपूर्ण समिति मानिने लेखासमितिको नेतृत्व प्रतिपक्षी दललाई नै दिनुपर्छ भन्ने कानुनी आधार भने छैन । प्रतिनिधिसभा नियमावलीमा पनि अनिवार्य गरिएको छैन । तर, अभ्यासमा भने चेक एण्ड ब्यालेन्सका लागि प्रमुख प्रतिपक्ष दललाई नेतृत्व दिने गरिएको छ ।

यसको उदाहरणको रूपमा २०७४ को निर्वाचन पश्चात् दुई तिहाई बहुमत नजिकको तत्कालीन दल नेकपाले तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई समितिको नेतृत्व छाडेको थियो । भरत साह समितिको सभापति थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको निर्णयको पारदर्शीताको प्रश्नमा सरकारमाथि प्रश्न उठाउन सक्दैन भन्ने मान्यताअनुसार प्रतिपक्षलाई समितिको नेतृत्व दिइने गरिएको बताइन्छ ।

समिति सभापतिमा को ?
लेखा समितिमा एमालेबाट ६ निर्वाचित र दुई समानुपातिक गरी आठ सांसद छन् । सभापतिमा सबैभन्दा सिनियर वा चुनाव जितेर पनि जिम्मेवारी पाउन नसकेका सांसदले पाउने सम्भावना रहेको नेताहरू बताउँछन् ।

Global Ime bank

पार्टीका सचिवसमेत रहेका सांसद योगेश भट्टराई वा दुई पटक सांसद निर्वाचित भएर पनि कुनै जिम्मेवारी नपाएका ऋषिकेश पोखरेलमध्ये एकजना बन्ने सम्भावना प्रबल रहेको स्रोतले जनाएको छ ।

“सभापतिमा सिनियरमध्येबाट जाँदा हुने योगेश भट्टराई हो । नभए दुईपटक निर्वाचित भएर पनि हालसम्म कुनै जिम्मेवारी नपाएका पोखरेलको सम्भावना प्रवल छ,” स्रोतले बाह्रखरीसँग भन्यो ।

ताप्लेजुङबाट निर्वाचित भएका भट्टराई यसअघि मन्त्री बनिसकेका छन् । तर, मोरङ–२ बाट कांग्रेस नेतृ सुजता कोइरालालाई पराजित गरेका सांसद पोखरेलले हालसम्म मन्त्री, सचेतक जस्ता कुनै जिम्मेवारी पाएका छैनन् । उनी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

लेखा समितिमा रहेका सांसदमा योगेश पछिको सिनियर काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित भएका गोकुल बाँस्कोटा हुन् । एमाले पोलिट्ब्यूरो सदस्य बाँस्कोटा मन्त्री भइसकेका छन् । उनले समिति सभापतिको जिम्मेवारीमा नरहने सुनाउने गरेको नेताहरू बताउँछन् ।  

यो समितिमा बैतडी–१ बाट निर्वाचित भएका सांसद दामोदर भण्डारी पनि छन् । ०७२ को पार्टी अध्यक्ष केपीशर्मा ओली नेतृत्वको  सरकारमा अर्थराज्यमन्त्री बनेका थिए ।

त्यस्तै, गएको पुस ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बनेका थिए । उनले अवसर पाइसकेकाले समितिको सभापति पाउने सम्भावना कम रहेको बताइन्छ । उनी सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्षसमेत हुन् ।

लेखा समितिमा बारा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका सांसद् अच्युत मैनाली पनि छन् । उनी पहिलोपटक सांसद् पदमा निर्वाचित भएका हुन् ।

पार्टीको पोलिटब्यूरो सदस्य रहेका मैनाली गएको निर्वाचनमा सोही क्षेत्रबाट पराजित भएका थिए । पहिलो पटक निर्वाचित भएकाले उनले सभापतिको पाउने सम्भावना नरहेको नेताहरू बताउँछन् ।

निर्वाचित सांसदमध्ये तारा लामा तामाङ पनि पहिलोपटक निर्वाचित भएका हुन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन । उनी प्रदेशमन्त्री बनिसेकका छन्  । उनले नेतृत्व पाउने सम्भावना नरहेको बताइन्छ ।

रुक्मणि राना बराइली र सराज अहमद फारुकी समानुपातिक सांसद हुन् । फारुकी पूर्वमाओवादी हुन् । उनीहरुले सभापतिको जिम्मेवारी पाउने सम्भावना न्यून रहेको नेताहरू बताउँछन् ।

त्यस्तै, एमालेले संयुक्त समिति पाए पनि संयुक्त समिति गठन भएको छैन । संयुक्त बैठक तथा समिति कार्यान्वय सञ्चालन नियमावली नबनेको कारण देखाएर दुवै समिति गठन भएका छैनन् ।

राष्ट्रियसभाले दुवै समितिमा रहने सदस्य सिफारिस गरिसकेको छ । तर, दलीय सहमति नहुँदा प्रतिनिधिसभाबाट सदस्य चयन भएका छैनन् । संसद् सचिवालयका अधिकारीका अनुसार संयुक्त समितिमा सबै दललाई नराख्ने प्रमुख दलको समझदारीपछि नियमावली संशोधन पनि मात्रै समिति गठन हुने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ०६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC