site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ऋणीले पाँच करोडसम्म कर्जाको पुनर्तालिकीकरण र पुनर्संचना गर्न पाउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट पाँच करोडसम्म ऋण लिएका ऋणीहरूले कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्दै होटल तथा रेस्टुेरेन्ट, पशुपन्क्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित कर्जा र पाँच करोडसम्मको अन्य सबै क्षेत्रमा प्रवाह भएको कर्जाको पुनर्तालिकीकरण तथा पुनर्संरचना व्यवस्था गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

उद्योग/व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुल गरी सर्तहरूको अधीनमा रही यो व्यवस्था गरिएको बताइएको छ ।   

यस्तो पुनर्तालिकीकरण वा पुनर्संरचना ऋणीले असार मसान्तभित्र गरिसक्नुपर्ने छ ।

Global Ime bank

गत चैत मसान्तमा सक्रिय वर्गमा वर्गीकरण भएको कर्जालाई पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

पुनर्तालिकीकरण वा पुनर्संरचना गरिएका कर्जाहरूमा पाँच प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय