site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाबुराम भट्टराई सूर्य चिन्हमा चुनाव नलड्ने, गठबन्धन तोड्ने तयारी

काठमाडौं । नयाँ शक्ति पार्टी कम्युनिष्ट गठबन्धनबाट छुट्टिएर आफ्नै चुनाव चिन्ह लिएर प्रतिष्पर्धा गर्ने तयारी भएको छ ।

काठमाडौंमा जारी छलफलमा केन्द्रीय सदस्यहरुले सम्मानजनक स्थान नपाए अब गठबन्धनमा रहनुको औचित्य नरहने भन्दै आफ्नै चुनाव चिन्ह लिएर मैदानमा होमिनुपर्ने सुझाव दिएका छन् ।

बैठकमा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले गठबन्धनमा भएको प्रगति र छलफलका बारेमा जानकारी गराउँदै सुझाव माग गरेका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

धारणा राख्ने अधिकांश नेताहरुले अब गठबन्धनमा रहन नहुने धारणा राखेको एक नेताले बताए ।

“हामी अब लगभग गठबन्धनमा नरहने भन्ने अवस्थामै पुगेका छौं,” ती नेताले भने, “अब हामी सूर्य चिन्ह लिएर होइन, आफ्नै चुनाव चिन्हमा प्रतिष्पर्धा गर्छौं ।”

नयाँ शक्तिलाई यसअघि दिने भनिएको १५ प्रतिशत क्षेत्र नपाउने भएपछि गठबन्धनमा रहनुको औचित्य सकिएको ती नेताको भनाई थियो ।

उनका अनुसार अब बाबुराम भट्टराई पनि सूर्य चिन्हबाट चुनावी प्रतिष्पर्धा गर्ने छैनन् ।

उनले अबको केहीबेरपछि यसबारेमा निर्णय आउने बताए ।ती नेताका अनुसार अब जिल्ला र क्षेत्रमा अन्य जुनसुकै दलसँग पनि तालमेल हुनेछ । त्यसको निर्णय गर्ने अधिकार स्थानीय तहलाइ नै दिने तयारी भएको उनले बताए । 

केन्द्रीय सदस्य रीम बस्यालले अब गठबन्धनमा नरहने निष्कर्षमा पुगिसके पनि निर्णय हुन बाँकी रहेको बताए ।

नयाँ शक्तिको अहिले बैठक जारी छ । यसअघि एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro