site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदन भण्डारी हत्याको सत्यतथ्य बाहिर आउनेछ : ओली 
Dabur Nepal
NIC Asia

काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याबारे समयक्रममा सत्यतथ्य बाहिर आउने बताएका छन् । बुधबार मदन–आश्रित स्मृति दिवसका अवसरमा बल्खुमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

“मैले भनिराख्नु पर्दैन, कहाँ कसरी उहाँहरूको हत्या भएको थियो । त्यस सन्दर्भमा उमेश गिरीले एउटा अन्तवार्ता दिनुभएको छ, केही अगाडि । उहाँले मदन भण्डारीको हत्या गर्ने कामको जिम्मा मलाई दिन खोजिएको थियो, मैले मानिनँ भनेर खुलस्त पार्नुभएको थियो । नाम तोकेर भन्नुभएको छ, फलानाले बोलाएर मलाई यसो भनेका थिए भनेर,” ओलीले भने, “यस सन्दर्भमा समयमा खोजी हुनेछ । सत्यतथ्य बाहिर आउनेछन् ।”

उनले देश बनाउने संकल्प बोकेर हिँडेका नेताहरू गुमाएको दिनका रूपमा यस दिनलाई स्मरण गरे । ओलीले भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको पनि बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro