site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदन भण्डारीको सपना अधुरै छ : ओली

काठमाडौंं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपना अधुरै रहेको बताएका छन् ।

दिवंगत मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा बुधबार बल्खुमा आयोजित कार्यक्रममा उनले सबैले आफ्ना सपना पूरा गर्न नसक्ने भन्दै उत्तराधिकारीले त्यसलाई पूरा गर्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

“मदन भण्डारीले आफ्नो इच्छा पूरा गर्न भ्याउनु भएन । आफ्ना अधुरा महान् सपना बोकेर तीनलाई पूरा गर्न नभ्याउँदै हत्या गरिएका कमरेड मदन भण्डारी र जीवराज आश्रित । उहाँहरू वास्तवमै आदर्श हुनुहुन्छ,” ओलीले भने, “नयाँ नेपाल, समृद्ध नेपाल सुखी नेपाली बनाउने मदन भण्डारीको सपना अधुरै छ । त्यो आज उत्ताराधिकारी तपाईं हामीले त्यसलाई पूरा गर्नुपर्ने छ । पूरा गर्न सजिलो छैन । चुनौती छ । विरोधीहरू बलिया छन् । षड्यन्त्रपूर्ण ढंगले अघि आउँछन् ।”

चुनौतीको सामना गदै सपना साकार गर्न सकिने पनि उनले बताए । उनले पार्टीको नीति सही भए पनि संगठन सुदृढीकरणको आवश्यकता औँल्याए ।

“संगठन हाम्रो व्यापक छ । व्यापक संगठन भएअनुसार एउटा पक्ष अहिले संगठनात्मक सुदृढीकरणको आवश्यकता छ । हामी अझै एकताबद्ध, सुदृढ हुन जरुरी छ,” उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०९:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro