site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा चक्कु प्रहार गरेको आरोपमा चारजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–५, थाक्लेडाँडाको जंगलमा एक व्यक्तिलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का एकजना अझै फरार छन् ।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालयले आज बिहान सार्वजनिक गरेको हो । प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार पक्राउ पर्नेमा तीनपाटन–७ का १९ वर्षीय विशाल भनिने जीवन श्रेष्ठ, २२ वर्षीय खड्कबहादुर श्रेष्ठ, घ्याङलेख गाउँपालिका–३ का २० वर्षीय रोशन कामी र २७ वर्षीय सुरेन्द्रबहादुर कामी रहेका छन् । उनीहरूका साथबाट अँधेरोमा चम्कने एक वस्तु पनि बरामद गरिएको छ ।

Dabur Nepal
NIC Asia

अर्का आरोपित तीनपाटन–७ का २७ वर्षीय विदुर लामिछाने फरार छन् । पक्राउ परेकालाई ज्यान मार्ने उद्योगमा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक सिलवालले जानकारी दिए ।

गएको वैशाख ३१ थाक्लेडाँडाको जंगलमा ढुंग्रेबेँसीका ३० वर्षीय लोकबहादुर सार्कीलाई छुरा प्रहार गरी घाइते बनाएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो । लोकबहादुरसँग चकमके जाने क्रममा ढुंगाजस्तो देखिने चम्किलो वस्तुको विषयमा विवाद हुँदा ती पाँचैजनाले आक्रमण गरी घाइते बनाएको उजुरी परेको उनले जानकारी दिए ।

लोकबहादुरको दाहिने पातामा छुरा प्रहरा गरी साथमा रहेको ३० हजार रुपैयाँ र एकथान मोबाइल समेत उनीहरूले लगेको बताइएको छ । घाइतेको थप उचारका लागि काठमाडौं लगिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro