site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टोपबहादुरको बयान राति सकियो, खाँणको मात्र बाँकी
फाइल तस्बिर ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान लिने कार्य हिजो राति सकिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा उनको बयान लिइएको हो ।

हिजो अपराह्नदेखि बयान लिन सुरु गरिएको थियो । राति करिब ९ बजेतिर बयान लिने कार्य सकिएको सो कार्यालयका प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानले जानकारी दिए ।

“उहाँ (टोपबहादुर रायमाझी)को बयान हिजो (सोमबार) राति ९ बजे सकिएको हो,” उनले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

उनका अनुसार यो प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणबाहेक सबैको बयान लिने कार्य सकिएको छ । खाँणको बयान लिने कार्य आज सकिने उनले बताए ।

रायमाझीलाई गएको आइतबार बेलुका प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । उनी हाल प्रहरी हिरासतमै छन् ।

नेपाली कांग्रेसका नेता समेत रहेका खाँण पनि प्रहरी हिरासतमै छन् । पछिल्लोपटक गएको आइतबार उनलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालते अनुमति दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आज पनि उनको बयान लिने कार्य हुनेछ ।

आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro