site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टोपबहादुरलाई कसले दिएको थियो ११ दिनसम्म काठमाडौंमा सेल्टर ? 
फाइल तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई आफ्नै कार्यकर्ताले काठमाडौंमा सेल्टर दिएको पाइएको छ । प्रहरीका अनुसार उनलाई काठमाडौंमा बस्दै आएका आफ्नै गृह जिल्लाका राजनीतिक कार्यकर्ताले सेल्टर दिएका प्रहरीले जनाएको छ । बाँकी अनुसन्धान गर्दै जाने प्रहरी परिसर काठमाडौंले बताएको छ । 

पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी आइतबार राति काठमाडौंको बूढानीलकण्ठस्थित कार्यकर्ताको घरबाट पक्राउ परेका थिए । पक्राउ पुर्जी जारी भएपछि उनी भारत पुगेको अनुमान धेरैको थियो । 
 
रायमाझीलाई आज अदालत उपस्थित गराइने भएको छ । म्याद थपका लागि आज अदालत लगिने प्रहरीले जनाएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । 

रायमाझीका छोरा सन्दीप रायमाझीविरूद्ध पनि वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । उनलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro