site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
टोपबहादुर रायमाझी काठमाडौंबाटै पक्राउ

काठमाडौं । नक्कली शरणार्थी प्रक्ररणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई काठमाडौंबाटै पक्राउ गरिएको एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

"उहाँ भर्खरै मात्र काठमाडौंमा पक्राउ पर्नुभयो," कार्कीले बाह्रखरीसँग भने ।  उनलाई बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  

Dabur Nepal
NIC Asia

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर, उनी  फरार थिए । सुरुमा प्रहरीलाई फोन गरेर आफू सम्पकर्मा आउने बताएका उनी सम्पर्कविहीन भएका थिए ।

उनलाई एमालेले कारबाही गरिसकेको छ । गत बुधबार एमालेले कारबाही प्रक्रियाको अन्तिम टुंगो नलागेसम्मका लागि निलम्बन गरेको हो ।

रायमाझीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन करोडौँ ठगी गर्ने गिरोहसँथ मिलेमतो रहेको आरोप लागेको छ ।

आइतबारसम्म प्रहरीले रायमाझीसहित १३ जनालाई पक्राउ गरिसकेको छ । रायमाझीसहित हालसम्म पक्राउ हुनेमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डे र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन् ।

यसैगरी केशव दुलाल, सानु भण्डारी, रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ सन्देश शर्मा पोखरेल र सागर थुलुङ पनि पक्राउ परेका छन् ।

आजैमात्र जिल्ला अदालत काठमाडौंले कांग्रेसका पूर्वसभासद आङ्वाटा शेर्पा र एमालेका उपाध्यक्ष तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro