site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
खाँणलाई निलम्बन गर्न देउवामाथि नेविसंघको दबाब 

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ । 

पार्टी पदाधिकारीले पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका सभापति शेरबहादुर देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो । 

आइतबार नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइले सडकमै प्रदर्शन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सबै तह र तप्काबाट सहयोग गर्नुपर्ने धारणा राखेको हो । 

नेविसंघ त्रिचन्द्रले सभापति देउवालाई तत्काल खाँणलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सहयोगका लागि पनि आग्रह गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचार विरोधी प्लेकार्ड बोकेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्