site stats
बाह्रखरी :: Baahrakhari
देश
गोमा श्रेष्ठलाई भाटभटेनी अध्यक्ष गुरूङले आफ्नै खर्चमा एमबीबीएससम्म अध्ययन गराउने

काठमाडौं । काठमाडौंको एक इँटाभट्टाको खलामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठले यसवर्षको एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेकी थिइन् ।

उनै गोमाको थप अध्ययन र शिक्षाका सम्बन्धमा सञ्चारमाध्यममा खबर सार्वजनिक भएपछि भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएस तहसम्मको अध्ययन गराउने बचन दिएका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित आफ्नै कार्यालयमा बोलाएर अध्यक्ष गुरूङ  र श्रीमती सावित्री गुरूङले एकलाख रुपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

WhatsApp-Image-2025-07-03-at-11.06.21-AM-1751522212.jpeg
 

गुरूङले गोमालाई अहिले सेन्ट जेभियर्स कलेज माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि आफ्नै खर्चमा गराउने प्रतिवद्धता जनाउँदै गुरुङले त्यसपछि एमबीबीएस तहसम्मको अध्ययनका लागि सहयोग गर्ने बचन दिए ।
चाँगुनारायण नगरपालिका–८ स्थित सुडालको एक इँटाभट्टामा बस्दै आएकी गोमाले बिहान बेलुकी इँटा सुकाउने काममा सहयोग गर्दै आएकी थिइन् ।

उनी धान रोपाइँमा मेला गएर फर्किँदा एसईईको रिजल्ट सार्वजनिक भएको र ४ जीपीए प्राप्त भएको जानकारी पाएकी थिइन् ।

उनले आफूले डाक्टर बन्ने चाहना राखेको बताए पछि भाटभटेनी समूहका अध्यक्ष तथा व्यवसायी गुरूङले एमबीबीएस तहसम्मको अध्ययन खर्च बेहोर्ने प्रतिवद्धतासहित सहयोग गरेको जनाएका छन् ।

WhatsApp-Image-2025-07-03-at-11.06.21-AM-1751522212.jpeg

minbdr-1751522211.JPG

minbdr1-1751522211.JPG

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ११:४२
प्रतिक्रिया दिनुहोस्