site stats
बाह्रखरी :: Baahrakhari
देश
बालकृष्ण खाँणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई थप चारदिन हिरासतमा राख्न अनुमति दिएको छ ।

आइतबार अदालतले थप अनुसन्धानका लागि चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणसँगै उनका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १२ जना पक्राउ परेका छन् । 

एमाले सचिव टोपबहादुर रायमाझी भने फरार छन् । 

 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्