राजनीति
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित टोपबहादुर रायमाझीलाई सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिएको छ । पूर्वउपप्रधानमन्त्री रायमाझीलाई प्रारम्भिक बयानका लागि सरकारी वकिलको कार्यालयमा लगिएको हो ।
त्यहाँबाट उनलाई काठमाडौं जिल्ला अदालतमा लगिनेछ । अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिनेछ ।
सरकारी वकिलको कार्यालयमा पुर्याइँदा उनी मुस्कुराइरहेको अवस्थामा देखिए । उनले हात हल्लाएर उपस्थित व्यक्तिलाई अभिवादन समेत गरे ।
रायमाझीलाई आइतबार प्रहरीले काठमाडौंकै बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० १४:५४
प्रतिक्रिया दिनुहोस्