site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मदन राईमाथि कडा कारबाही गर्न सांसद गौतमको माग
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले समाजसेवाका नाममा बाल यौनदुराचार गर्ने मदन राईमाथि कडा कारबाही गर्नुपर्ने माग गरेकी छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले समाजसेवाको आडमा हुने अपराधलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् ।

Dabur Nepal
NIC Asia

“कागले आफ्नो शरीरमा मयूरको प्वाँख टाँसेर म मयूर हुँ भन्दै चटक देखाएझैँ अहिले समाजभित्र समाजसेवाको नाममा, त्यसको आडमा समाजसेवी हुँ भन्दै देखाउने प्रवृत्तिहरू बढेको छ,” उनले भनिन्, “खोटाङमा आश्राम खोलेर बालबालिकाको हकहित र संरक्षण गर्छु भन्दै मदन राई अघि बढ्नुभयो । तर, उहाँले बाल यौनदुराचार गर्नुभयो भन्ने कुरा बाहिर आयो । उहाँलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछु । र, यो विषयमा के भइरहेको छ, सरकारलाई सदनमा जानकारी गराउन आग्रह गर्दछु ।”

उनले अनशनमा रहेका पार्टीका सांसद सञ्जय गौतमको माग पूरा गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro