site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
घरजग्गा कारोबारमा चैतमा देखिएको उत्साह वैशाखमा टिकेन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यवसायीको अनुमानभन्दा वैशाख महिनामा घरजग्गाको कम कारोबार भएको देखिएको छ ।

चैतमा घरजग्गाको कारोबार बढेको थियो । वैशाखदेखि झनै बढ्ने अनुमान व्यवसायीको थियो । तर, वैशाखमा चैतको तुलनामा घरजग्गाको कारोबार र सरकारले पाउने राजस्व नै घटेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैशाखदेखि बैंकहरूको कर्जाको ब्याजदर सस्तो रहेको केही बैंकले घर बनाउनका लागि ब्याजदर नबढ्ने ‘स्किम’ समेत सार्वजनिक गरेका थिए ।

बैंकिङ क्षेत्रमा तरलता सुधार हुँदै गएको छ । तर, यसको सकारात्मक प्रभाव घरजग्गामा देखिएको छैन ।

Global Ime bank

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वैशाखमा ४२ हजार ४६१ वटा घरजग्गा लिखत पास भएको छ । चैत महिनामा ४९ हजार १५० लिखत पास भएको थियो ।

चैतमा सरकारले घरजग्गा कारोबारबाट चार अर्ब ५१ करोड राजस्व संकलन गरेको थियो । वैशाखमा तीन अर्ब ६८ करोड राजस्व संकलन गर्‍यो । चैतको तुलनामा वैशाखमा ८३ करोड रुपैयाँले सरकारले पाउने राजस्व घटेको छ ।

चालु आर्थिक वर्ष सुरु भएदेखि नै घरजग्गा कारोबार गत आर्थिक वर्षको जस्तो भएको छैन । चालु आर्थिक वर्षमा सबैभन्दा बढी संख्यामा घरजग्गा कारोबार चैतमा भएको थियो । चैतमा देखिएको उत्साहले वैशाखदेखि थप कारोबार बढ्ने अनुमान थियो ।

तर, कित्ताकाटको अन्योल कायमै छ । बैंक तथा वित्तीय संस्थाको तरलताप्रति बजार अझै आश्वस्त हुन सकेको छैन । सरकारले कित्ताकाट गर्न दिने निर्णय गरे पनि कार्यान्वयनमा अझै जटिलता छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १४:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय