site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अन्योलमा बाबुराम : गठबन्धनमा रहे उपेक्षित, बाहिरिए झनै गाह्रो

काठमाडौं । गत १७ गते राष्ट्रिय सभागृहमा एमाले, माओवादी र नयाँ शक्तिबीच भएको वाम गठबन्धनको खुसी सेलाउन नपाउँदै नयाँ शक्तिको भविष्य के हुने भन्ने थप अन्योल भएको छ ।

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिलाई कम्युनिष्ट गठबन्धनले गोरखामा क्षेत्र छाड्न नसकिने बताएपछि गठबन्धनमा रहने कि बाहिरिने भन्ने थप अन्योल भएको नयाँ शक्तिका नेताहरुले बताएका छन् ।

बिहीबार केन्द्रीय कार्यालय बबरमहलमा भेटिएका नेता तथा कार्यकर्ता अन्योलमा देखिएका थिए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनीहरुलाई आफ्नो पार्टीको भविष्य के हुने भन्ने चिन्ता देखिन्थ्यो ।

माओवादी केन्द्रले बाबुराम भट्टराईलाई कुनै पनि हालतमा गोरखा छाड्न नसकिने अडान राखेपछि गठबन्धनभित्र खटपट भएको हो ।

तर भट्टराईलाई कतिपय नेताहरुले अहिले नै अप्रिय निर्णय नलिन आग्रह गरेका थिए ।

भट्टराईले बुधबार नै गठबन्धनमा रहने की नरहने भन्ने निर्णय नभएको नेता तथा कार्यकर्तालाई जानकारी गराएका थिए ।

“नयाँ शक्तिले अहिलेको गठबन्धन त्याग्नुहुँदैन,’’ नयाँ शक्तिका केन्द्रीय सदस्य विष्णु सापकोटाले भने, “नयाँ शक्तिले अहिले नैतिक हिसाबले पनि गठबन्धनलाई छोड्नुहुँदैन, यदी छोड्यो भने नयाँ शक्तिले देशैभरीबाट उमेदवारी दिन मिल्दैन ।’’

त्यस्तैगरी पार्टीका केन्द्रीय सदस्य एवं शिक्षक विभाग संघका अध्यक्ष डा. राजेन्द्र केसीले भने, “नयाँ शक्ति गठबन्धनमा जोडिनु कुनै नौलौ कुरा होइन, गठबन्धनमा जोडिए पनि हाम्रो विचार र लक्ष्य यो देश समृद्धशाली बनाउनु नै हो । गठबन्धनमा केही असन्तुष्टि छन्, । बिस्तारै मिल्दै जान्छ ।’’

अर्का विद्यार्थी नेता नेत्र चापागाइँले पनि अहिले गठबन्धन त्यागेर एक्लै चुनाव लड्ने अवस्था नभएको बताए ।

“बाबुराम भट्टराईले वैकल्पिक शक्तिका रुपमा रहेको विवेकशील साझा पार्टीसँग एकताको प्रस्ताव गर्नुभएको थियो तर विवेकशीलको आफ्नै हठको कारण त्यो सम्भव भएन,’’ नेपाल शक्ति विद्यार्थी युनियनका महासचिव नेत्र चापागाईले भने,“नयाँ शक्ति अहिले गठबन्धनबाट बाहिरियो भने मैले झनै खतरा देख्छु । नयाँ शक्तिलाई थ्रेसहोल्डको कारणले पनि एमाले, माओवादीसँग जोडिन बाध्य बनायो । त्यसैले नयाँ शक्ति सेफ ल्यान्डिङका लागि गठबन्धन त्यागेर एक्लै अघि बढ्ने अवस्थामा छैन ।”

अर्का विद्यार्थी नेता सन्तोष रायमाझिले पनि अहिले १५ सिट लिएर चुनाव जितेपछि जे गर्दा पनि हुने धारणा राखे ।

“बाबुराम भट्टराईले नयाँ शक्तिमा भएका नेताहरु सबैको नाडी छाम्नुभयो, कतिपय नेताहरु पार्टीमा नै क्रियाशील नभएका कारण उहाँले सबै एउटै भुङ्ग्रोमा हाल्दिनुभयो,” नयाँ शक्तिका अर्का विद्यार्थी नेता सन्तोष रायमाझीले भने, “यो नै नयाँ शक्तिका नेताहरुमा चुनौतिको विषय हो । पार्टीले आगामी चुनावमा एमालेको चुनाव चिन्ह लिने भनेको छ । त्यो हाम्रो लागी फाइदाको विषय हो । नयाँ शक्तिले प्रत्यक्ष तर्फबाट १५ सिट खोजेको छ, पछि पार्टी फुट्यो भने पनि प्रत्यक्षतर्फका सांसद्हरु जता गए पनि सांसद् हुन्छन् । नयाँ शक्ति एमालेमा विलय हुन गयो भन्ने बाहिर आएको हल्ला गलत छ । एमालेले काठमाडौं क्षेत्र नम्बर ७ बाट हिसिला यमीलाई उठाउने निर्णय गरेको नयाँ शक्तिका नेताहरुबाट पनि आएको छ, त्यसैले नयाँ शक्ति गठबन्धनबाट निस्कनुहुँदैन । हाम्राविरुद्ध अन्य दलहरुले झन खतरा षडयन्त्र बुनेर बसेका छन् ।”

पार्टी कार्यालयमा भेटिएका नयाँ शक्तिका सन्तोष बराकोटीले भने गठबन्धनबाट नयाँ शक्ति बाहिरिनुपर्ने बताए । उनले भने, “भेडा र वकुल्ला सँगै बस्न चाँहदैनन् । यो गठबन्धनमा पनि यस्तै भयो । नयाँ शक्तिका नेता र गठबन्धनमा सहभागि भएका एमाले माओवादीका नेताहरुमा फरक–फरक सोच छ उहाँहरु जसरी भए पनि सत्तामा नै जाने हो भन्नेमा हुनुहुन्छ । त्यसैले उनीहरुसँग मिलेर नयाँ शक्तिले आफ्नो अस्तित्व गुमाउनुहुँदैन ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  ०७:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro