site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा वर्षा : ‘मोखा’को असर हो ? आजभन्दा भोलि पानी पर्ने सम्भावना बढी

काठमाडौं । देशका केही पहाडी भूभागमा आज वर्षा हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मेघगर्जनसहित क्षणिक वर्षा हुनेछ ।

काठमाडौंमा अहिले छिटपुट वर्षा हुन थालेको छ । महाशाखाका मौसमविद् सन्जीव अधिकारीका अनुसार क्षणिक वर्षा हुनेछ ।

“एकदमै क्षणिक वर्षा हुन्छ । काठमाडौंसहित आसपास, नुवाकोट, रसुवा, कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा हुने सम्भावना छ,” उनले बाह्रखरीसित भने, “आज बिहान पनि मकवानपुरमा वर्षा भएको थियो ।”

Dabur Nepal
NIC Asia

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको र त्यसैले वर्षा गराएको उनले बताए ।

महाशाखाका अनुसार बंगालको खाडीमा विकसित ‘मोखा’ हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बंगलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको छ । त्यसले नेपालमा खासै असर नगर्ने मौसमविद् अधिकारीको भनाइ छ ।

“पश्चिमी वायु र स्थानीय वायुको प्रभावले नै वर्षा गराउने हो,” उनले भने, “मोखाले धेरै पानी गराउने अवस्था छैन ।”

‘मोखा’ले कोसी र मधेस प्रदेशमा बादल भने बढाउने उनले बताए । “मोखाले पानी नपारे पनि बदलीचाहिँ गराउँछ । कोसी प्रदेश र मधेस प्रदेशमा बादल बढाउँछ,” उनले भने, “त्यसो हुँदा तापक्रम घट्छ ।”

उनका अनुसार आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ । भोलि काठमाडौंसहित पहाडी भूभागमा वर्षाको सम्भावना प्रवल रहेको उनले जानकारी दिए ।

बंगलाको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिने र त्यसले यहाँको प्रणाली थप मजबुत बनाउने उनले बताए ।

“आजभन्दा भोलि वर्षाको सम्भावना बढी छ,” उनले भने, “बंगालको खाडीबाट जलवाष्पयुक्त वायु भित्रिँदा पश्चिमी र स्थानीय वायुलाई थप सशक्त बनाउँदा वर्षाको सम्भावना बढी देखिन्छ ।”

भोलिको तुलनामा पर्सि वर्षाको सम्भावना कम रहेको उनले बताए । उनका अनुसार पर्सि पहाडी भूभागमा भने वर्षाको थोरै सम्भावना छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro