site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बुन्डेसलिगाको उपाधि होड रोमाञ्चक, बायर्नमाथि डर्टमन्डको दबाब

काठमाडौं । पहिलो ३२ मिनेटमा चार गोल गरेको बोरुसिया डर्टमन्डले शनिबार राति जर्मन बुन्डेसलिगामा बोरुसिया मोन्चेनग्लाडबचलाई ५–२ ले हराएको छ । डर्टमन्डको यो जितसँगै बुन्डेसलिगाको उपाधि होड रोमाञ्चक बनेको छ ।

घरेलु मैदानमा हासिल गरेको जितसँगै डर्टमन्डले ३२ खेलबाट ६७ अंक जोडेको छ । त्यो शीर्ष क्लब बायर्न म्युनिखको भन्दा एक अंकले पछाडि हो । लिगमा अब दुई खेल मात्र बाँकी छ । बायर्न ६८ अंकका साथ शीर्ष स्थानमा छ । बायर्नले पनि गए राति साल्केमाथि ६–० को फराकिलो नतिजा निकालेको थियो ।

डर्टमन्डले पाँचौँ मिनेटमा डोनेल मालेनको गोलबाट अग्रता लिएको थियो । १८औँ मिनेटमा जुडे बेलिङघमले पेनाल्टीमा गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर बनाए । २०औँ मिनेटमा सेबास्टिन हलरले तेस्रो गोल थपे । ३२औँ मिनेटमा हेलरले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमन्ड पहिलो हाफमा ४–० को अग्रता लिन सफल भएको थियो ।

७५औँ मिनेटमा रामे बेनसेबैनी र ८५औँ मिनेटमा लर्स स्टिनडलको गोलबाट मोन्चेनग्लाडबचले पुनरागमनको प्रयास गरेको थियो । तर, इन्ज्युरी समयमा जियोभानी रेनाले अर्को गोल थपेपछि डर्टमन्डले सहज विजय हासिल गरेको हो ।

पराजित मोन्चेनग्लाडबच ३९ अंकका साथ ११औँ स्थानमा छ ।

गए राति नै बायर्नको जितमा सेर्गी गेनाब्रीले दुई गोल गरे । थोमस मुलर, जोसुवा किमिच, माथेस टेल र नौससैर माज्राओईले एक÷एक गोल गरे । पराजित साल्के ३० अंकका साथ रेलिगेसन क्षेत्रमा छ ।

अन्य खेलमा १५औँ स्थानको भीएफएल बोचुमले १३औँ स्थानको औसबर्गलाई ३–२ ले पराजित गर्‍यो । फ्रांकफर्टले मेइन्जलाई ३–० ले हरायो । तेस्रो स्थानको युनियन बर्लिनले पाँचौँ स्थानको फ्रेइबर्गलाई ४–२ ले हरायो । छैटौँ स्थानको उल्फ्सबर्गले १४औँ स्थानको होफिनहेइमलाई २–१ ले पराजित गर्‍यो ।  

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro