site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
म्यानमार र बंगलादेशमा आँधीबाट जोगाउन हजारौँ मानिसलाई सुरक्षित स्थलतर्फ सारिँदै
Sarbottam CementSarbottam Cement

सिट्टवे । बंगालको खाडीमा एक दशकभन्दा लामो समयदेखिको सबैभन्दा शक्तिशाली चक्रवातका कारण म्यानमारको पश्चिमी तटबाट हजारौँ मानिस भागेका छन् । छिमेकी देश बंगलादेशका अधिकारीहरू शनिबार रोहिंग्या शरणार्थीलाई बाहिर निकाल्न दौडेका छन् ।

भारतको मौसम विज्ञान विभागका अनुसार ‘मोचा’ नाम दिइएको चक्रवातका कारण २२० किलोमिटर प्रतिघण्टा (१३६ माइल प्रतिघण्टा)को गतिमा हावा चलिरहेको बताइएको छ ।

करिब १० लाख रोहिंग्या शरणार्थी बस्ने कमजोर आश्रयस्थल कोक्स बजार र म्यानमारको पश्चिमी रखाइन तटमा रहेको सिट्वेको बीचमा आइतबार बिहान आँधी कमजोर हुने अनुमान गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एएफपीका संवाददाताका अनुसार शनिबार सिट्वेका बासिन्दा कार, ट्रक र तीनपांग्रे (टेम्पो)मा आफ्नो सम्पत्ति र घरपालुवा जनावर जम्मा गरी सुरक्षित स्थलतर्फ हिँडेका छन् ।

“हाम्रो परिवारमा हजुरआमा हुनुहुन्छ र हामीले उहाँको हेरचाह गर्नुपर्छ,” खिने मिनले राज्यको राजधानीबाट बाहिरिने बाटोमा आफ्ना नातेदारहरूले भरिएको ट्रकबाट एएफपीलाई भने, “हाम्रो घरको हेरचाह गर्न सिट्वेमा एकजना मात्र मानिस बाँकी छन् ।”

Global Ime bank

करिब एक लाख ५० हजार मानिसको बसोबास रहेको यो सहरमा पसल र बजारहरू बन्द गरिएका थिए । धेरै स्थानीयले अग्ला स्थानमा रहेका गुम्बाहरूमा आश्रय लिएका थिए ।

आँधीका कारण सबैजना सुरक्षितस्थलतर्फ भागेको भन्दै चालीस वर्षीय क्याव टिनले आफ्नो छोरा स्थानीय अस्पतालमा रहेकाले त्यहाँबाट बाहिर जान नसक्ने बताए ।

“यो चक्रवात हाम्रो राज्यमा आउने छैन भन्नेमा हामी आशावादी छौँ । यदि, यस्तो नियति भयो भने हामी यसलाई नजरअन्दाज गर्न सक्दैनौँ,” उनले भने ।

सन् २००८ मा दक्षिणी म्यानमारमा एक लाख ३० हजारभन्दा बढी मानिसको ज्यान जाने गरी आएको आँधीलाई संकेत गर्दै उनले भने, “मलाई चिन्ता छ कि यो चक्रवातले ‘नरगिस’ले जस्तै हाम्रो राज्यलाई पनि असर गर्नेछ ।”

म्यानमारका जुन्टा अधिकारीहरूले रखाइन तटमा रहेका गाउँहरूबाट स्थानान्तरणको निगरानी गरिरहेको सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

म्यानमार एयरवेज इन्टरनेसनलले रखाइन राज्यका लागि आफ्ना सबै उडान सोमबारसम्मका लागि स्थगन गरिएको जनाएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १९:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !