site stats
बाह्रखरी :: Baahrakhari
विदेश
यूपीको बरेलीको रासायनिक कारखानामा आगलागी
प्रतीकात्मक तस्बिर

बरेली । भारतको उत्तर प्रदेशको बरेलीको पर्साखेरा औद्योगिक क्षेत्रको एक रासायनिक कारखानामा शनिबार आगलागी भएको  छ।
विद्युत चुहावटका कारण आगलागी भएको प्रहरीले जनाएको छ । 

वरपरका बासिन्दालाई सावधानीका साथ अन्यत्र सारिएको छ । ६ वटा दमकल घटनास्थलमा परिचालन गरिएको छ ।

Argakhachi Cement Island Ad

यस हप्ताको सशुरुमा बुधबार युपीको बरेलीको जेरह गाउँमा दिल्ली–लखनऊ राष्ट्रिय राजमार्ग नजिकै अशोक फोम प्राइभेट लिमिटेडको कारखानामा आगलागी हुँदा चार मजदुरको मृत्यु भएको थियो । ६ जना जलेर घाइते भएका थिए । 

आगलागी हुँदा भवनभित्र १०० भन्दा बढी कामदार रहेको बताइएको छ । घटनाको सम्बन्धमा कम्पनीका मालिक र अन्य चार जनालाई मुद्दा दर्ता गरिएको युपी प्रहरीले जनाएको छ । रासस/एएनआई

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्