site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मस्कले राखे ट्विटरको नयाँ सीईओ, केही हप्ताभित्र पदभार सम्हाल्ने

काठमाडौं । ट्विटरका मालिक एलन मस्कले बिहीबार कम्पनीका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) फेला पारेको बताएका छन् । नयाँ सीईओ को हुँदै छन् भनेर नाम नतोके पनि आउँदो ६ हप्तामा पदभार सम्हाल्ने मस्कले बताएका छन् ।

तर, वालस्ट्रिट जर्नलले भने एनबीसी युनिभर्सलको विज्ञापनका लागि प्रमुख लिन्डा याकारिनोले ट्विटरको नयाँ सीईओ बन्न वार्ता गरिरहेको जनाएको छ ।

“मैले एक्स/ट्विटरका लागि नयाँ सीईओ नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु । उनी ६ हप्तामा काम सुरु गर्नेछिन्,” मस्कले ट्विटमा लेखेका छन् ।

मस्कले केही साताभित्र आफ्नो भूमिका भने चिफ टेक्नोलोजी अफिसरमा सार्ने बताएका छन् । गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्विटर किनेका मस्कले डिसेम्बरमा कोही उपयुक्त मान्छे भेटे आफूले सीईओबाट राजीनामा दिने बताएका थिए ।

तर, ट्विटरको नयाँ सीईओ को हुन् र कुन मितिदेखि पदभार सम्हाल्दैछन् त्यो भने अहिले मस्कले खुलाएका छैनन् ।
 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १२:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro