site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी कार्ययोजना तयार पार्न एमाले स्थायी कमिटी बैठक बस्ने 
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । जारी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलपछि प्रदेश अध्यक्षहरूले सुझावका पेस गरिसकेपछि स्थायी कमिटी बैठक बस्ने एमालेले जनाएको छ । 

प्रदेश अध्यक्षहरूबाट प्राप्त सुझावका आधारमा स्थायी कमिटी बैठकले आगामी कार्ययोजनाको प्रस्ताव तयार गर्ने बताइएको छ ।

स्थायी कमिटीले कार्ययोजनाको प्रस्ताव तयार गरेपछि पुनः केन्द्रीय कमिटीको बैठक सुरु हुनेछ । केन्द्रीय कमिटीको बैठकबाट स्थायी कमिटीले तयार गरेको कार्ययोजनाको प्रस्ताव पारित गर्ने एमालेको तयारी छ ।

बिहीबार (हिजो)बाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  ०६:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro